मानव सेवा आश्रममा ‘इक्यान डे’

पाेखरा | भदौ १४, २०८२

मानव सेवा आश्रममा ‘इक्यान डे’

पोखरा:  पोखराको हेमजामा रहेको मानव सेवा आश्रममा नेपाल शैक्षिक परामर्श संघ ९इक्यान० २९ औं स्थापना दिवस ‘इक्यान डे’ मनाइएको छ । 


इक्यान कास्कीले शुक्रबार आश्रममा आश्रित वृद्धवृद्धालाई खाना खुवाएर स्थापना दिवस मनाएको हो । २९ वर्षअघि भदौ १३ मा औपचारिक रुपमा इक्यानको सुरुआत भएको थियो ।


कार्यक्रमकी प्रमुख अतिथि इक्यानकी केन्द्रीय उपाध्यक्ष गीता शिवाकोटीले देशैभरका शाखाले शुक्रबार विविध कार्यक्रम गरी स्थापना दिवस मनाएको बताइन् । उनले यसपल्ट मानव सेवा आश्रममा आश्रय लिइरहेका वृद्धवृद्धाबीच स्थापना दिवस मनाउन पाएकोमा खुसी व्यक्त गरिन् ।

 
इक्यान कास्कीका अध्यक्ष ओमप्रकाश गैह्रेले संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्न विभिन्न सामाजिक काम गरिरहेको बताए । 


उनले इक्यान कास्कीको आयोजना र टाइम्स एजुकेसनल कन्सल्टेन्सीको प्रस्तुतिमा भदौ २० र २१ गते पोखरामा हुने आठौं इक्यान एजुकेसन फेयरको तयारी द्रूत गतिमा चलिरहेको जानकारी दिए । 


कार्यक्रममा इक्यान कास्कीका निवर्तमान अध्यक्ष रमेश थापा, उपाध्यक्ष सन्तोष शाही, कार्यसमिति सदस्य विक्रम बस्नेत लगायतले स्थापना दिवसको शुझकामना दिएका थिए ।  
 

पोखरा:  ‘मिस्टर एन्ड मिस बिश्वकर्मा गण्डकी सिजन–३’ को उपाधि मिस्टर बिश्वकर्मा तर्फ निश्चल सुनार र मिस बिश्वकर्मा तर्फ स्वेक्षा विश्वकर्माले जितेका छन् । उनीहरुले विभिन्न प्रतिस्पर्धात्मक चरण पार गर्...

थप पढ्नुहोस्

काठमाडौं: नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन  भोलि मंगलबारसम्मका लागि लम्बिएको छ । दुई महामन्त्रीका प्रतिवेदनमाथि छलफल  जारी रहेकाले महाधिवेशन भोलिसम्म चल्ने साथै नयाँ नेतृत्व चयनका लागि...

थप पढ्नुहोस्

पोखरा:  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने १०औँ पोखरा स्पोर्ट्स अवार्ड २०८२ को मिति घोषणा गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा सोमबार बसेको का...

थप पढ्नुहोस्